सरकारले भूकम्पका घाइतेको नि:शुल्क उपचार गर्ने - Chaitanya News
  • 2026-11-19
  • 11:04:26
  • बिहिबार,मंसिर ०४, २०८३
  • सरकारले भूकम्पका घाइतेको नि:शुल्क उपचार गर्ने

    सरकारले भूकम्पका घाइतेको नि:शुल्क उपचार गर्ने

    काठमाडौं- सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई नि:शुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए।

    देशका अस्पतालहरू वीर, ट्रमा सेन्टरलगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ। साथै घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अब पीडितको व्यवस्थापनमा सरकारले ध्यान दिने उनले जानकारी दिए।

    बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिए पनि निर्णय भैनसकेको उनले जनाएका छन्।