रुकुम पश्चिममा मात्रै भूकम्पमा परी १४३ घाइते - Chaitanya News
  • 2026-11-19
  • 10:49:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • रुकुम पश्चिममा मात्रै भूकम्पमा परी १४३ घाइते

    रुकुम पश्चिममा मात्रै भूकम्पमा परी १४३ घाइते

    रुकुम पश्चिम- शुक्रबार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा १४३ जना (यो समाचार तयार पार्दासम्म) घाइते भएका छन्। घाइते मध्य गम्भीर अवस्थामा रहेका तीन जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ का ३० वर्षीय तेजेन्द्र नेपाली, वडा नम्बर १० का ४१ वर्षीय रत्न कुमारी दमाई र वडा नम्बर १३ का ३० वर्षीय धनमाया पुनलाई थप हेलिकप्टर मार्फत थप उपचारको लागि सुर्खेत पठाइएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरूलाई सुर्खेत पठाइएको हो।

    भूकम्पको कारण घाइते भएका १४३ जना मध्य अन्य बाँकीको जिल्लाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार जिल्ला अस्पताल सल्लेमा ३९ जना, चौरजहारी अस्पतालमा २१ जना, आठविसकोट नगर अस्पतालमा ३९ जना र सहिद स्मृति अस्पताल सानी भेरीमा ३६ जनाको उपचार भइरहेको छ। जिल्ला अस्पताल सल्लेमा उपचार भई रहेका चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।