‍जाजरकोट अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे भूकम्पका घाइते - Chaitanya News
  • 2026-11-19
  • 10:49:50
  • बिहिबार,मंसिर ०४, २०८३
  • ‍जाजरकोट अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे भूकम्पका घाइते

    ‍जाजरकोट अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे भूकम्पका घाइते

    जाजरकोट- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन्।

    जिल्ला अस्पताल जाजरकोट पुगेर उनले घाइतलेहरूलाई भेटेका हुन्। गएरातीको भुकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

    प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।