भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ३६ जनाको मृत्यु - Chaitanya News
  • 2026-11-19
  • 10:42:16
  • बिहिबार,मंसिर ०४, २०८३
  • भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ३६ जनाको मृत्यु

    भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ३६ जनाको मृत्यु

    काठमाडौं- जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि ३६ जनाको ज्यान गएको पुष्टि भएको छ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ४ बजेसम्म प्राप्त विवरणअनुसार ३६ जनाको ज्यान गएको र ४६ जना घाइते भएको पुष्टि भएको छ। उद्धारको लागि सुर्खेतबाट मात्रै ६० जनाभन्दा बढी प्रहरी खटाइएको उनले जानकारी दिए।

    जाजरकोटमा मात्रै ३४ जनाको ज्यान गएको छ। ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए।

    उनका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ।

    भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ। रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।