सिंहदरबारभित्र फोटो खिच्न र टिकटक बनाउन नपाइने - Chaitanya News
  • 2026-11-19
  • 10:42:18
  • बिहिबार,मंसिर ०४, २०८३
  • सिंहदरबारभित्र फोटो खिच्न र टिकटक बनाउन नपाइने

    सिंहदरबारभित्र फोटो खिच्न र टिकटक बनाउन नपाइने

    काठमाडौं- सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राख्दै उक्त कुराको जानकारी दिएको हो।

    पछिल्लो समय सिंहदरबार भित्रका बगैँचा तथा भिआइपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने क्रम बढेपछि उक्त निर्णय गर्नुपरेको बताइएको छ।

    सुरक्षा प्रोटोकलअनुसार बिना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिए। मिडिया तथा सञ्चारकर्मीहरूले समाचार सम्प्रेषणका लागि फोटो र भिडियो खिच्न पाउने उनको भनाइ छ।