काठमाडौं- भारती शेर्पाले संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने योगराज ढकालको आममाफी बदर गरिदिएर सर्वोच्च अदालतले आफूलाई थप साहस प्रदान गरेको बताएकी छन्
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङ आएको बताइन्। आफू कुनै प्रलोभनमा नपरेको र डर, धम्कीसँग नडराएका कारण अन्ततः न्याय पाएको बताएकी छन्।
आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागीकन सहयोग गरेकाले न्याय मिलेको उनको प्रतिक्रिया छ।
‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेका महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ’ उनले भनिन् ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो। रिगलको आममाफीविरुद्ध चेतनकी पूर्वपत्नि भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्।