सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै - Chaitanya News
  • 2026-11-19
  • 10:42:33
  • बिहिबार,मंसिर ०४, २०८३
  • सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

    सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

    काठमाडौं- सरकारले आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदैछ।

    यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो।

    सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ।

    तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडादसैँ परेपछि पूर्व निर्धारित मिति सार्नु परेको थियो। जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो।

    दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    यसका अनुसार सोही कार्यक्रम अन्तर्गत आज र भोली गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ।