काठमाडौं– पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको अमेरिकाले बताएको छ। इराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि हवाई आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले बताएका छन्।
अमेरिकाका अनुसार यो हतियार भण्डारको प्रयोग इरानी सैन्य बल र योसँग जोडिएको समूहले गर्दै आएको थियो। रक्षामन्त्री अस्टिनले भनेका छन्, ‘अमेरिकी सेनामाथि इरान समर्थित आक्रमण स्वीकार गरिने छैन र यसलाई रोकिनेछ।
पेन्टागनका अनुसार गाजामा तनाव बढेयता सातामा इराकमा कम्तिमा १२ पटक र सिरियामा चार पटक अमेरिकी सैनिक क्याम्पमा आक्रमण भएको छ। ड्रोन र रकेटमार्फत भएका आक्रमणमा परी २१ अमेरिकी सैनिक गम्भीर घाइते भएका छन्। हाल इराकमा २ हजार ५०० र सिरियामा ९०० अमेरिकी सैनिक छन्।
अमेरिकी रक्षामन्त्री अस्टिनले अमेरिकाले गरेको कारबाहीको इजरायल र हमासबीच चलिरहेको संघर्षसँग सम्बन्धित नभएको समेत बताएको बीबीसीले जनााएको छ।