चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन - Chaitanya News
  • 2026-11-19
  • 11:14:21
  • बिहिबार,मंसिर ०४, २०८३
  • चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

    चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

    काठमाडौं– चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन्।

    चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ।
    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ।

    ६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए।