त्रिकोणात्मक टी– २०– हङकङसँग हार्‍यो यूएई, तर नेपालसँग फाइनल खेल्ने - Chaitanya News
  • 2026-06-07
  • 07:04:03
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक टी– २०– हङकङसँग हार्‍यो यूएई, तर नेपालसँग फाइनल खेल्ने

    त्रिकोणात्मक टी– २०– हङकङसँग हार्‍यो यूएई, तर नेपालसँग फाइनल खेल्ने

    काठमाडौं– त्रिकोणात्मक टी– २० श्रृंखलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ। तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ।

    बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो।

    हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो। ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो। तर, कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको साझेदारी गरे। रथ व्यक्तिगत ४१ रनमा आउट भए।

    कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारी गरे। अन्तिम १० बल खेल्न बाँकी छँदा ८६ रनमा आउट भए। ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए।

    हायत ६० रनमा अविजित रहे। २० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए। यसस्ँगै उनी टी–२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने। उनले १२१८ रन बनाएका छन्। यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए।

    जवाफमा यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। उसको सुरुवात निकै खराब थियो। ८१ रन जोड्दा ५ विकेट गुमाइसकेको बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे। निलांश ३१ र बाजिल ३० रनमा अविजित रहे।

    खालिद शाहले ३५ र अलिशान आशरफूले ३० रन जोडे।

    श्रृंखलामा पहिलो जितसँगै हङकङले पनि २ रन जोडेको थियो । तर रन रेटका आधारमा समान २ अंक जोडेको यूएई फाइनलमा पुगेको छ। बुधबार यूएईलाई १३४ भन्दा कम रनमा रोक्न सकेको भए हङकङ रनरेटमा बाजी मार्दै फाइनल पुग्ने थियो। तर, पछिल्लो तीन ओभरमा हानेको चार बाउन्ड्री मद्दतमा यूएईले १३४ रन कटायो।

    अब यूएईले समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ।