राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा - Chaitanya News
  • 2026-05-25
  • 06:37:16
  • सोमबार,जेठ ११, २०८३
  • राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

    राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन्। विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन्।

    सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे। दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ।

    दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ।