गाजा क्षेत्रका अस्पताल नजिकफेरि पनि आक्रमण - Chaitanya News
  • 2026-11-19
  • 11:04:20
  • बिहिबार,मंसिर ०४, २०८३
  • गाजा क्षेत्रका अस्पताल नजिकफेरि पनि आक्रमण

    गाजा क्षेत्रका अस्पताल नजिकफेरि पनि आक्रमण

    काठमाडौं– इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ। विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।

    तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका साथै अल–कुद्स, र इन्डोनेसियन अस्पतालहरु नजिक विष्फोटका ठूला आवाज सुनिएको छ।

    प्यालेस्टिनी चरमपन्थी समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ।

    आगोले जलेर ध्वस्त भएको अर्को एक भवन पनि हमासले सार्वजनिक गरेको छ। त्यो भवन कुवैती अस्पतालभन्दा पछाडिको हो भनिएको छ। यद्यपि ती भिडियोहरुको प्रमाणिकता जाँच गर्न नसकिएको बीबीसीले जनाएको छ। इजरायली सेनाले त्यो भिडियोबारे सोध्दा अनुसन्धान गरिरहेको जवाफ दिएको पनि बीबीसीले उल्लेख गरेको छ।

    यसअघि गाजा क्षेत्रको अल–अहली अल–अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सय जनाको मृत्यु भएको थियो। यो आक्रमणको दोष इजरायली सेना र हमासले एकअर्कालाई लगाउँदै आएका छन्।