वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको भिड - Chaitanya News
  • 2026-05-25
  • 06:37:07
  • सोमबार,जेठ ११, २०८३
  • वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको भिड

    वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको भिड

    काठमाडौँ– वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुलेको छ।

    हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि भिड लागेको छ।

    तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन्। दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ।
    तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइन्छ।

    मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले तान्त्रिक विधिपूर्वक कालरात्रि पूजा गर्ने चलन चलेको बताइन्छ।

    महानवमीको दिन दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती ९चण्डी०, श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।