त्रिकोणात्मक टी–२०– हङकङविरुद्ध कुशल मल्लको अर्धशतक - Chaitanya News
  • 2026-07-31
  • 03:57:01
  • बिहिबार,साउन १४, २०८३
  • त्रिकोणात्मक टी–२०– हङकङविरुद्ध कुशल मल्लको अर्धशतक

    त्रिकोणात्मक टी–२०– हङकङविरुद्ध कुशल मल्लको अर्धशतक

    काठमाडौं– काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० श्रृखलाअन्तर्गत हङकङविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

    नेपालले खराब सुरुआत गरेका बेला पाँचौ नम्बरमा आएका मल्लले ३० बलमा ५ छक्का र २ चौका मद्दतमा ५४ रन बनाएर खेलिरहेका छन्।

    यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो। त्यसपछि मल्ल र दीपेन्द्रले नेपालको इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।