राष्ट्रपति पौडेलले ९१ वर्षिया भाउजूको हातबाट टिका ग्रहण गर्ने - Chaitanya News
  • 2026-05-25
  • 06:37:16
  • सोमबार,जेठ ११, २०८३
  • राष्ट्रपति पौडेलले ९१ वर्षिया भाउजूको हातबाट टिका ग्रहण गर्ने

    राष्ट्रपति पौडेलले ९१ वर्षिया भाउजूको हातबाट टिका ग्रहण गर्ने

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्ने भएका छन् ।

    राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन्।

    राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका जमरा र आशीर्वाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ।

    यसैबिच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ।

    उनले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिने छन्।

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधारणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहज रूपमा प्रवेशको व्यवस्था गरिएको बताए।

    टिका ग्रहणका लागि मर्यादित पोसाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ।