यू–१९ प्रिमियर कप: सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान - Chaitanya News
  • 2026-07-30
  • 23:33:19
  • बिहिबार,साउन १४, २०८३
  • यू–१९ प्रिमियर कप: सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

    यू–१९ प्रिमियर कप: सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

    काठमाडौं– नेपाली यू–१९ टिमले प्रिमियर कपको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वी पाएको छ।

    मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि शनिबार हुने छ।

    समुह एमा अपराजित हुँदै सेमिफाइल पुगेको नेपालले समुह डीको विजेताको रुपमा जापानलाई प्रतिस्पर्धी पाएको हो।

    यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समुह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस९डीएलएस० प्रणालीमा ५७ रनले हराउँदै जापान समुह विजेता बनेको हो।

    यू–१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ। यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन्।