काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोग दसैँ बिदाको समयमा पनि खुला रहने भएको छ।
आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ बिदामा बिहान ११: ०० बजेदेखि दिउँसो २: ०० बजेसम्म खुला रहनेछन्।
यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ।