सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश - Chaitanya News
  • 2026-06-11
  • 06:08:28
  • बिहिबार,जेठ २८, २०८३
  • सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो।

    न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।