सोधिएको प्रश्नको मूल भाव बुझेर लोकसेवाले सोधेको प्रश्नको उत्तर लेख्नुपर्छ - Chaitanya News
  • 2026-07-22
  • 19:45:52
  • बुधबार,साउन ०६, २०८३
  • सोधिएको प्रश्नको मूल भाव बुझेर लोकसेवाले सोधेको प्रश्नको उत्तर लेख्नुपर्छ

    सोधिएको प्रश्नको मूल भाव बुझेर लोकसेवाले सोधेको प्रश्नको उत्तर लेख्नुपर्छ

    कर्मचारीको प्रयाप्तता, जनप्रतिनिधिहरूसँगको समन्वय र समस्याका विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले आज इलामको इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्कासँग संवाद गरेकी छन्।

    तपाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो?

    मैले प्रमुख इलाम नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक वर्ष भयो।

    एक वर्षको अवधिमा जनप्रतिनिधिको कस्तो सहयोग पाइरहनु भएको छ?

    मैले यो एक वर्षको अवधिमा जनप्रतिनिभिको आवश्यक सहयो पाहिरहेको छु। नितिगत निर्णय गर्ने कुरा, कानुन बनाइदिने कुरालगायत अन्य थुप्रै कुरामा राम्रै सहयोग पाएको छु। कानुन मिचेर कुनै निर्णय गर्नुपर्छ भन्ने खालको व्यवहार यहाँको जनप्रतिनिधिबाट खेप्नु परेको छैन। त्यसैले यहाँ काम गर्न सहज छ। जनप्रतिनिधि र कर्मचारीले मिलेर काम गरिरहेका छौं।

    जन अपेक्षा कस्तो पाउनु भएको छ र यहाँहरूले सेवा भावलाई अग्रभागमा राखेर कसरी काम गरिरहनु भएको छ?

    स्थानीय तहमा जनअपेक्षा बढ्दो छ। संघीय सरकार र प्रदेश सरकारका अधिकार क्षेत्रका विषयमा पनि स्थानीय तहसँग जनताको अपेक्षा हुने हुन्छ। हामिले सडक मर्मत र निर्माणका कामलाई प्राथमिकतामा राखेका छौं। सरोकारवाला निकाय र माथिल्ला दुवै सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं। सेवा प्रवाहालाई हामीले क्रमश: डिजिटाज गर्दै छौं। प्रविधिको प्रयोगलाई हामीले बढाएका छौं, सबै सेवाहरू प्रविधिमा आधारित बनाउँदै छौं। धेरै रास्वस्व संकलनदेखि लिएर धेरै सेवाहरू वडा तहका विकेन्दृत गरेर गरेका छौं।

    यहाँले पालिकामा प्रशासनिक टिमको कार्यशैलीको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?

    प्रमुख प्रशासकीय अधिकृतले नै सबै कुरा हेर्नु पर्ने भएकाले विभिन्न तहका अधिकृत स्तरमा जिम्मेवारी बाडफाड गरेको छु। नक्सा पासका कुरा भए, संघ सस्था दर्तालगायतका ५ लाखसम्मका सामान्य योजनाका विल स्वीकृत गरिने भए पनि त्यो भन्दा माथिका ठूलो योजना उपभोक्ता समिति र वडा सचिवको सहभागीतामा काम गर्ने परिवाटीको विकास गरेका छौं। यसरी अनियमितता नहोस् र काम गुणस्तरीय होस् भन्ने हाम्रो चाहना रहेको छ।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?

    हाम्रोमा दरबन्दी अनुसार कर्मचारी त छन्।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका विद्यार्थीलाई के भन्न चाहानु हुन्छ? कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ लाग्छ यहाँलाई?

    लोकसेवा प्राज्ञिक क्षेत्र हो। लोकसेवा पास गर्न कितावी ज्ञान त चाहिन्छ नै त्यसका अलावा अतिरिक्त ज्ञानको पनि आवश्यकता पर्छ। तयारी गर्दा आफूलाई याद हुने एउटा निश्चित फर्म्याट तयार गर्नुपर्छ। हामीले कलेजमा ब्याख्यात्मक उत्तर दिने भए पनि लोकसेवामा प्रश्नले सोधेको मूल भाव बुझेर चाहिने जति आवश्यक उत्तरमात्र दिनुपर्छ। अनावश्यक कुरा थपेर उत्तरलाई लामो पार्नु हुँदैन। समयको व्यवस्थापन गर्नुपर्छ।