धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो - Chaitanya News
  • 2026-04-24
  • 06:29:33
  • शुक्रबार,बैशाख ११, २०८३
  • धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

    धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

    काठमाडौं । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरू गरिएको छ ।

    बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

    यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।

    तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । बुधबारबाट सुरू भएको अभियानलाई निरन्तरता दिने जनाएको छ ।