१) नेपालको इतिहासमा ‘शान्ति श्री’ भनेर प्रचण्डदेवलाई चिनिन्छ भने ‘नेपालेश्वर’ भनेर कसलाई चिनिन्छ ?
A) अंशुवर्मा B) मानदेव C) श्रीनिवास मल्ल D) यक्ष मल्ल
२) रक्तिम आइतवार (Bloody Sunday) विश्वको कुन क्रान्तिसँग सम्बन्धित छ ?
A) भारतीय स्वतन्त्र संग्राम B) रुसी क्रान्ति C) फ्रान्सेली राज्य क्रान्ति D) अमेरिकी स्वतन्त्रता संग्राम
३) निम्नलिखित कथनहरूबारे विचार गर्नुहोस् ।
१. संसारमा पहिलो मानव मुटु प्रत्योरोपण Christian Barnard द्वारा गरिएको थियो ।
२. अक्सिजनको उच्च आंशिक चापको कारणले उच्च उचाईमा उचाई बिरामी (Altitude Sickness) हुन्छ ।
माथिका उल्लेखित भनाईहरू कुन ठीक हो/हुन् ?
(A) १ र २ दुवै (B) १ मात्र (C) २ मात्र (D) १ र २ दुवै होइन
४) तल उल्लेखित मध्ये कुन जिल्लाको सीमाना चीनसंग मात्र जोडिएको छैन् ?
A) मनाङ B) मुस्ताङ C) दार्चुला D) दोलखा
५) तलका मध्ये ‘निओवरस’ धातु कुन जिल्लामा पाइन्छ ?
A) डेलधुरा B) कैलाली C) पाल्पा D) गुल्मी
६) भारतिय आन्दोलनका ३ चरणहरुको सुरुदेखि क्रमशः क्रम मिलाउनुहोस् ?
A) उदारवादी युग, उग्रवादि युग, गान्धि युग B) उग्रवादी युग, उदारवादी युग, गान्धी युग
C) गान्धी युग, उग्रवादी युग, उदारवादी युग D) उग्रवादी युग, गान्धी युग, उदारवादी युग
७) सगरमाथालाई ‘सगरमाथा’ भनि नामाकरण गर्ने व्यक्ति को हुन् ?
A) राधानाथ सिकन्धर B) माइकल कर्ग C) बाबुराम भट्टराई D) बाबुराम आचार्य
८) सन् २०२२ मा प्रदान गरिएको ९४ औं ओस्कार पुरस्कार पाउन सफल सर्वोत्कृष्ट चलचित्र कुन हो ?
A) नो म्यान ल्याण्ड B) रोमा C) कोडा D) ग्रीन बुक
९) सन् २०२१ मार्च २७ मा सम्पन्न १३ औं ब्रिक्स सम्मेलन कुन देशमा सम्पन्न भएको थियो ?
A) भारत B) नेपाल C) भुटान C) श्रीलंका
१०) एक दिनमा मात्रै सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो ?
A) चौथो B) छैटौं C) बाह्रौं D) कृष्ठरोग
११) सन् २०२२ मा सम्पन्न साफ यू–२० फुटबल च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ?
A) भारत B) बंगलादेश C) श्रीलंका D) नेपाल
१२) नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा हुन भने पहिलो उपप्रधानमन्त्री को हुन् ?
A) सुजाता कोइराला B) द्वारिका देवी ठकुरानी C) साहाना प्रधान D) शैलजा आचार्य
१३) आर्थिक तथा सामाजिक अवस्थाका आधारमा वर्गीकरण गरिएका आदिवासी/जनजातिको सूचीमा चेपाङ जाति तलका मध्ये कुन वर्गमा पर्दछ ?
A) सुविधाबाट बञ्चित B) सीमान्तकृत C) अतिसिमान्तकृत D) लोपोन्मुख
१४) वि.सं. २०७८ सालको निजामती सेवा दिवसको नारा के थियो ?
A) निजामती कर्मचारीको प्रतिवद्धताः पारदर्शिता र चुस्तता
B) सेवा मैत्री प्रशासन, संघीयतामा सुशासन
C) व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास समृद्धि र सुशासन
D) स्वच्छर सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन
१५) रामसार सूचीमा सूचीकृत एकमात्र निकुञ्ज कुन हो ?
A) शिवपुरी राष्ट्रिय निकुञ्ज B) कोशीटप्पु वन्यजन्तु आरक्ष
C) रारा राष्ट्रिय निकुञ्ज D) पर्सा वन्यजन्तु आरक्ष