६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार संख्या शून्य - Chaitanya News
  • 2026-04-24
  • 02:06:39
  • बिहिबार,बैशाख १०, २०८३
  • ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार संख्या शून्य

    ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार संख्या शून्य

    काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिँदा महिलालाई उपेक्षा गरेका छन्।

    निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा २४१२ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन्। जसमध्ये साना दल र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ २२५ महिलाको उम्मेदवारी परेको छ।

    यसमध्ये प्रमुख दल नेकपा एमालेले आफूले उम्मेदवारी दिएको १४४ क्षेत्रबाट ११ जना महिलालाई उम्मेदवार बनाएको छ।

    यस्तै माओवादीले केन्द्रले ८ जनालाई टिकट दिँदा कांग्रेसले पाँच र २० क्षेत्रमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले एक जना महिलालाई मात्रै उम्मेदवार बनाएका छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले समान १२-१२ जना महिलालाई उम्मेदवार बनाएको छ।

    मधेस केन्द्रीत दल जनता समाजवादी पार्टीले ७९ उम्मेदवारमध्ये ७ जना महिलालाई टिकट दिएको छ। यस्तै ५१ ठाउँमा उम्मेदवार उठाएको लोसपाले ५ जना महिलालाई प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बनाएको छ

    यस्तै ६१ क्षेत्रमा महिला उम्मेदवार शुन्य रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार सबैभन्दा बढी महिला उम्मेदवार नभएको मधेश प्रदेशका १५ निर्वाचन क्षेत्र छन्।

    यस्तै प्रदेश १ का ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य हुँदा सुदूरपश्चिममा १० क्षेत्र, कर्णालीमा ९, गण्डकी र लुम्बिनीमा ६-६ र बागमती प्रदेशका ४ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य रहेको छ।