मुलुकको समृद्धिका लागि गठबन्धनलाई मतदान गर्न कांग्रेस नेता महरको आग्रह - Chaitanya News
  • 2026-04-25
  • 11:37:36
  • शनिबार,बैशाख १२, २०८३
  • मुलुकको समृद्धिका लागि गठबन्धनलाई मतदान गर्न कांग्रेस नेता महरको आग्रह

    मुलुकको समृद्धिका लागि गठबन्धनलाई मतदान गर्न कांग्रेस नेता महरको आग्रह

    डडेल्धुरा- नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन्।

    चुनाव प्रचारका क्रममा डडेल्धुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन्।

    ‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो। त्यो कांग्रेसको रहर होइन। देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो। गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने।

    डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ।

    महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने बताए।