लोकसेवा तयारी सामग्री - Chaitanya News
  • 2026-11-19
  • 08:32:17
  • बिहिबार,मंसिर ०४, २०८३
  • १.निम्न विषयको छोटो नोट लेख्नुहोस्। २.५+२.५=५
    क. असल अभिलेखका गुणहरु
    ख. फाइलिङका उद्देश्यहरु
    क. असल अभिलेखका गुणहरु
    असल अभिलेखका गुणहरु यस प्रकार रहेको छ।
    • समय समयमा अद्यावधिक गरिएको हुनुपर्छ।
    • सूचनामूलक हुनुपर्छ।
    • अभिलेख विशिष्ट हुनुपर्छ।
    • प्रमाणको रुपमा प्रयोग गर्न सकिने हुनुपर्छ।
    • खोजेको समयमा सजिलै पाइने हुनुपर्छ।
    • भरपर्दो तथा विश्वसनिय हुनुपर्छ।
    • समय सान्दर्भिक हुनुपर्छ।
    • संक्षिप्त हुनुपर्छ।
    • अभिलेख स्वाभाविक हुनुपर्छ। असम्भव हुनुहुँदैन।
    • विषय र महत्वको आधारमा वर्गीकृत हुनुपर्छ।
    • कम खर्चिलो, वैज्ञानिक तथा आधुनिक रुपमा व्यवस्थापन गरिएको।
    • विद्युतीय वा डिजिटल माध्यमको प्रयोग भएको।
    • Specific, Updated, Reliable, Precise, Relevant, Informative, Spontaneous, Evidential, Scientific (SURPRISES)
    ख. फाइलिङका उद्देश्यहरु
    फाइलिङको उद्देश्यहरु यसप्रकार छन्।
    • अभिलेखको सुरक्षा गर्न ,
    • काममा छिटो छरितोपना ल्याउन,
    • भविश्यमा प्रमाणको रुपमा पेश गर्न,
    • सूचना व्यवस्थापन गर्न ,
    • कार्यालय व्यबस्थापन गर्न ,
    • कार्यालयको लक्ष्य प्राप्ति गर्न ,
    • कार्यकक्ष आकर्षक बनाउन।
    २. माग फाराम भनेको के हो ? यसको उद्देश्य वारे लेख्नुहोस्। (२.५+२.५=५)
    खर्च गर्नको लागि सामानको प्रकार र परिमाण लगायतको विवरण खोली अधिकार प्राप्त अधिकारी समक्ष स्वीकृतिको लागि प्रस्तुत गरिने फाराम
    माग फाराम
    • मन्त्रालय, विभाग, सचिवालय, योजना तथा परियोजनाको सञ्चालन तथा त्यस्ता निकायहरूको लक्षित उद्देश्य अनुरूपको कामकारवाही सञ्चालन गर्न विभिन्न मालसामानको आवश्यकता परे अनुरुप सामानको प्रकार र परिमाण बिवरण खोली अधिकार प्राप्त अधिकारी समक्ष स्वीकृतिको लागि यो फाराम प्रयोग गरिन्छ ।
    • सरकारी कार्यालयको आवश्यकता अनुरूप खर्च गर्नको लागि सामानको प्रकार र परिमाण लगायतको विवरण खोली अधिकार प्राप्त अधिकारी समक्ष स्वीकृतिको लागि प्रस्तुत गरिने फाराम नै माग फाराम हो।
    • यसलाई म.ले.प.फा.नं.४०१ को ढाँचामा अभिलेख राखिन्छ।
    • कार्यालयलाई आवश्यक पर्ने जिन्सी मालसामानहरुको प्राप्तीको लागि भरिने फार।म माग फाराम हो।
    • जिन्सी सामान मौज्दात भएमा निकासाको लागि र मौज्दात नभएमा वजारवाट खरिदको माग गर्न यो फाराम भरिन्छ।
    • यसमा माग गरिने सामानको नाम, परिमाण, स्पेसिफिकेसन, इकाई, निकासी परिमाण, जिन्सी खातापाता नम्बर, माग गर्नेको सही, मिति, खातामा चढाउनेको सही, मालसामान बुझ्नेको सही र मिति, आदेस दिनेको सही र मिति, सामान मौन्दात बाट दिने वा खरिद गरी दिने आदि कुरा उल्लेख गरिएको हुन्छ।
    उद्देश्यः
    • कार्यालयमा  अधिकार प्राप्त अधिकारीले आदेश दिए वमोजिम स्टोरमा जिन्सी तथा सम्पतिको माग जारी   गर्नु,
    • कार्यालयमा मालसामानको माग आवश्यक्ताको पहिचान गर्नु,
    • जिन्सी  नियन्त्रण र वैधानिकता सुनिश्चितता गर्नु,
    • मौज्दात नभएको जिन्सी तथा सम्पति खरिद गर्नु।
    निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस्। 
    ३. जनसम्पर्क (Public Relation) भनेको के हो ? सार्वजनिक सेवा प्रवाहमा यसको के महत्व रहन्छ ? उल्लेख गर्नुहोस्। ५+५=१०
    कार्यालय वा निकाय र जनताबीच सेवाप्रवाह तथा जानकारी, सूचना आदानप्रदानका लागि गरिने समग्र व्यवस्थापकीय प्रबन्ध
    जनसम्पर्क (Public Relation)
    • सार्वजनिक व्यक्ति, संस्था, कार्यालय वा निकाय र जनताबीच सेवाप्रवाह तथा जानकारी, सूचना आदानप्रदानका लागि गरिने समग्र व्यवस्थापकीय प्रबन्ध जनसम्पर्क हो। स्वच्छ, सकारात्मक र प्रभावकारी सार्वजनिक छवि कायम राख्न सार्वजनिक व्यक्ति, संस्था, कार्यालय वा निकायले सर्वसाधारण जनता, सेवाग्राही एवम् सरोकारवालासँग गर्ने उचित सम्पर्क, सम्बन्ध, समन्वयको समग्रतालाई जनसम्पर्क भनिन्छ।
    • कुशल जनसम्पर्क कार्यालयको ख्याती बढाउने महत्वपूर्ण कार्यालयीय कार्यविधि हो। कार्यालयमा कार्यरत कर्मचारीहरुले जनता, सेवाग्राही, सरोकारवालासँग सम्पर्क गरिरहेका हुन्छन्।
    • यसको माध्यमबाट सरोकारवालाको गुनासो सुन्ने, आफ्ना गतिविधिको जानकारी गराउने, कामकारवाहीलाई पारदर्शी बनाउने, समस्या पहिचान गर्ने, अनुभवको आदानप्रदान गर्ने, राय, सल्लाह, परामर्श लिनेदिने गर्न सकिन्छ।
    • कार्यालयका कर्मचारीसँगको प्रत्यक्ष संवाद तथा सेवाप्रवाहका अतिरिक्त सामाजिक सञ्जाल, सञ्चार माध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरु), टेलिफोन, इमेल आदिको माध्यमबाट पनि जनसम्पर्क स्थापीत गर्न सकिन्छ। विगतमा सरकारी कार्यालयहरुमा जनसम्पर्कलाई कम महत्व दिएको पाइन्थ्यो भने हाल सोधपुछ कक्ष (Help Desk), Customer Care Unit (CCU), Customer Response Unit (CRU), Clint/Customer or Civil Response Team (CRT) जस्ता विविध नाम दिई सम्पर्क स्थापना कक्षहरु स्थापना गर्ने गरिएको पाइन्छ।
    • सार्वजनिक संघसंस्था र सरकारी कार्यालयका कर्मचारीको भूमिकामा आएको परिवर्तन, सरकारको भूमिकामा आएको परिवर्तन, जनताको अपेक्षा तथा सेवाग्राहीको आलोचना र विरोधबाट बच्न तथा जानकारी दिन जनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्दछ।
    सार्वजनिक सेवाप्राहमा जनसम्पर्कको महत्व
    • सेवा प्रवाह गर्न तथा सूचना, जानकारी, अनुभव आदानप्रदान गर्न,
    • जनगुनासोको सम्बोधन गर्न,
    • सेवाप्रवाहबारे सेवाग्राहीलाई जानकारी दिन,
    • कार्यालयको गतिविधिलाई पारदर्शी बनाई ख्याति कमाउन तथा जनविश्वास र समझदारी बढाउन,
    • समस्या समाधानका लागि सरोकारवालाबाट उचित राय, सुझाव, परामर्श प्राप्त गर्न,
    • जनताको इच्छा, आवश्यकता, चाहनाको बारेमा जानकारी प्राप्त गरी सार्वजनिक सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न,
    • जनता, सेवाग्राही, सरोकारवालाबाट मद्दत, सहयोग प्राप्त गर्न,
    • कार्यालयको कामप्रति जनताको प्रशंसा, प्रतिक्रिया, पृष्ठपोषण प्राप्त गर्न,
    • कार्यसञ्चालनमा प्रभावकारिता र कार्यसम्पादनमा सफलता हासिल गर्न,
    • सेवा प्रदायक तथा सेवाग्राहीबीच सम्मानको अवस्था सिर्जना गरी विश्वसनियता अभिवृद्धि गर्न।
    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100