आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला - Chaitanya News
  • 2026-11-19
  • 08:32:18
  • बिहिबार,मंसिर ०४, २०८३
  • आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला

    आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला

     

    काठमाडौं- दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन्।

    गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो।

    दसैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ।