चुनावमा सरकारी श्रोतको दुरुपयोगमा निगरानी राख्न अख्तियारलाई आयोगको पत्र - Chaitanya News
  • 2026-04-24
  • 02:08:45
  • बिहिबार,बैशाख १०, २०८३
  • चुनावमा सरकारी श्रोतको दुरुपयोगमा निगरानी राख्न अख्तियारलाई आयोगको पत्र

    चुनावमा सरकारी श्रोतको दुरुपयोगमा निगरानी राख्न अख्तियारलाई आयोगको पत्र

    काठमाडौं- निर्वाचन आयोगले चुनावमा सरकारी स्रोतको दुरूपयोगमा निगरानी गर्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। सोमबार बसेको आयोगका पदाधिकारीको बैठकले राजनीतिक दल तथा उम्मेदवारले चुनावमा सरकारी श्रोत साधनको दुरूपयोग गर्न सक्ने भन्दै निगरानी गर्न अख्तियारलाई पत्राचार गरेको हो।

    ‘निर्वाचन प्रचार-प्रसारका सन्दर्भमा सरकारी स्रोत साधन (हेलिकप्टर तथा अन्य साधनसमेत) प्रयोग गर्नु निर्वाचन आचा रसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने,’ आयोगले अख्तियारलाई गरेको पत्राचारमा उल्लेख छ।

    आयोगले हेलिकप्टरको प्रयोगमा पनि निगरानी बढाएको छ। सत्तारूढ दलका नेताहरू सरकारी खर्चमा हेलिकप्टरमा सयर गरिरहेको भन्दै आयोगमा उजुरी परेको थियो।

    ‘हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमा भित्र पर्ने हो सो खुलाई पठाउन त्यसरी हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरूलाई लेखी पठाउने,’ आयोगको निर्णयमा उल्लेख छ।