काठमाडौँ, कार्तिक ६ । सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो ।
प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्ने छ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुने बताइएको छ ।
असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि प्रहरीले असोज २० बाटै पहिलोपटक गत असोज २४ मा सात दिनको म्याद थप गरेको थियो ।
दोस्रोपटक असोज २७ मा पाँच दिनको म्याद थप गरेको थियो भने गत बुधबार उनलाई थप चार दिनको अनुमति पाएको थियो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक(पटक बलात्कार गरेको आरोप लागेको थियो ।
काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो ।