सोच बदल्ने १० प्रेरक भनाइ - Chaitanya News
  • 2026-11-19
  • 08:13:57
  • बिहिबार,मंसिर ०४, २०८३
  • जीवन सुन्दर छ। हामीले कस्तो कुरा बढी सोचिरहेका हुन्छौं जीवनमा त्यो कुराले ठूलो प्रभाव पार्छ। जीवनमा चुनौती र समस्या आइपर्छन्। तिनिसँग जुध्नुपर्छ नै। त्यसबाट प्राप्त सफलताले हामीलाई निकै आनन्दित पनि तुल्याउँछ।

    विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ। यहाँ त्यस्तै विचारक प्रसुत छ।

    १. यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर। यदि जिन्दगी जिउनु छ भने अगाडि हेर। – अज्ञात

    २. त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ। पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन। – कन्फ्युसियस

    ३. तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौं। तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ। – अज्ञात

    ४. क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ। जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ। जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ। – श्रीमद्भागवत गीता

    ५. स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो। – गौतमबुद्ध

    ६. आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन्। त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन्। – अज्ञात

    ७. ६ प्रकारका व्यक्ति सधै दु:खी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने। – विदुर नीति

    ८. एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर। – चाणक्य

    ९. कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन। तर, महान हुनका लागि सुरुवातको जरुरत छ। – अज्ञात

    १०. आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ। – अज्ञात