चैतन्य खबरको पहिलो वार्षिकोत्सव सम्पन्न [तस्बिरहरू] - Chaitanya News
  • 2026-11-19
  • 08:03:58
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य खबरको पहिलो वार्षिकोत्सव सम्पन्न [तस्बिरहरू]

    चैतन्य खबरको पहिलो वार्षिकोत्सव सम्पन्न [तस्बिरहरू]

    काठमाडौं- चैतन्य खबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ। ऐश्वर्य प्रकाशन प्रालीद्वारा सञ्चालित चैतन्य खबरले वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै खुसी आदानप्रदान गरेको छ।

    बुधबार बेलुकी शंखमुलको एवान क्याफेमा आयोजित कार्यक्रममा चैतन्यले नियमित रूपमा लेख प्रदान गर्ने लेखकहरूलाई सम्मानसमेत गरेको छ। सोही अवसरमा लेखकहरू लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, नेपाल सरकारका सचिव डा. दामोदर रेग्मी, पूर्वसचिव गोपीनाथ मैनाली, उप-सचिव रुपनारायण खतिवडा, आध्यात्मिक गुरु डा. चिन्तामणी नाथ योगी, बैंक तथा वित्तीय क्षेत्रका जानकार डा. दिबाकर बाशिष्टलगायतलाई सम्मान गरिएको थियो। यस्तै चैतन्य खबरलाई प्राविधिकरूपमा सहयोग प्रदान गर्दै आएका सफ्टबेन्जका साधु यादव ‘आरभ’लाई पनि सम्मान गरिएको छ।

    कार्यक्रममा सम्मानित हुने व्यक्तिका साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक एवम् साहित्यकार महेश पौड्याल, पत्रकार टीकाराम यात्री, लेखक प्रतीक ढकाललगायतले सञ्चार गृहको सफलताको शुभकामना व्यक्त गरे। सुशासन, दिगो विकास र समृद्धिलाई केन्द्र भागमा राख्नुका साथै सकरात्मक सन्देशलाई सम्प्रेसण गर्दै आएको अनलाइन अन्य अनलाइन भन्दा विचार प्रधान रहेको उनीहरूको भनाइ थियो।

    चैतन्य ग्रुपका सिइओ तथा चैतन्य खबरका प्रकाशक गणेशप्रसाद जोशीले अनलाई टिमलाई निर्भिकताका साथ कलम चलाउन आग्रह गरे। ‘अहिले समाजमा नकरात्मकता बढी छ। त्यस्लाई चिर्दै तपाईंहरू आसा जगाउने खालका सकारात्मक र प्रेरणादायी स्टोरीमा जोड दिनु होला। भ्रष्टाचार, बेथिति र अनियमितता विरुद्ध पनि खबरदारी गराउनु होला। हामी साथमै छौं’, उनले भने।

    चैतन्यका संपादक यज्ञराज जोशीले जनताको दैलोबाट आवाज बिहीनको आवाजलाई टिपेर राज्यको आँगनसम्म पर्‍याउने प्रयत्न जारी नै रहेको प्रस्ट पारेका थिए।

    पाठक र लेखकबाट प्राप्त अगाध स्नेहले अगाडि बढ्न प्रेरित गरेको बताउँदै उनले विज्ञापन द्वाताको पनि साथ पाउनेमा विश्वास व्यक्त गरेका छन्।

    सोही अवसरमा चैतन्य एकेडेमीले दसैं मिलन तथा लोकसेवा आयोगबाट भरखरै शाखा अधिकृतमा सिफारिस भएकाहरूलाई बधाई ज्ञापन गरेको थियो।

    May be an image of 6 people, dais and text

    May be an image of 8 people and text

    May be an image of 4 people and text

    May be an image of 6 people and text