दैनिक कफी पिउँदा हृदयघात हुने सम्भावना १२ प्रतिशतले घट्ने - Chaitanya News
  • 2026-07-17
  • 01:53:27
  • बिहिबार,आषाढ ३२, २०८३
  • दैनिक कफी पिउँदा हृदयघात हुने सम्भावना १२ प्रतिशतले घट्ने

    दैनिक कफी पिउँदा हृदयघात हुने सम्भावना १२ प्रतिशतले घट्ने

    दैनिक एक कप कफी पिउँदा हृदयघात हुने सम्भावना १२ प्रतिशतले घट्ने एक अध्ययनले देखाएको छ । २१ हजार मान्छेबीच गरिएको अध्ययनमा यो तथ्य पत्ता लगाएको जनाइएको छ ।

    कफीले शरिरमा रहेका एन्टिअक्सिडेन्स तत्वलाई घटाएर हृदयघातको जोखिम कम गर्छ । अमेरिकाको हार्ट एसोसिएसन जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार धेरैले कफी र क्याफिनलाई रक्तचाप बढाउने तत्वको रुपमा लिने गर्छन् ।

    तर, नयाँ अनुसन्धानले हार्ट फेल हुने जोखिम घट्ने दाबी गरेको हो । यो जोखिमलाई घटाउन मान्छे धुमपानबाट टाढा हुनुपनि जरुरी छ । २१ हजार मान्छेमाथि गरिएको अध्ययनले यस्तो पुष्टि गरेको हो । अध्ययनमा सामेललाई दैनिक कफी र क्याफिनको मात्रा सेवन गराएर यस्तो निष्कर्ष निकालिएको हो ।

    अमेरिकी कलेज अफ कार्डियोलजीका अनुसार दैनिक ३ कप कफी पिउँदा हृदयघात हुने सम्भावना १३ प्रतिशतले घट्छ । चिनियाँ मेडिकल युनिभर्सिटीका अनुसार दैनिक कफी सेवनले प्रोस्टेट क्यान्सरको खतरालाई १० प्रतिशतले घटाउँछ ।