जन्मभूमिमा माटो छुँदै कांग्रेस उम्मेदवार भट्टले भने- विकासको मूल फुटाउने छु - Chaitanya News
  • 2026-04-25
  • 08:57:26
  • शनिबार,बैशाख १२, २०८३
  • जन्मभूमिमा माटो छुँदै कांग्रेस उम्मेदवार भट्टले भने- विकासको मूल फुटाउने छु

    जन्मभूमिमा माटो छुँदै कांग्रेस उम्मेदवार भट्टले भने- विकासको मूल फुटाउने छु

    बैतडी- नेपाली कांग्रेस बैतडी प्रदेश सभा (ख) बाट चुनावी प्रतिस्पर्धामा रहेका शिभराज भट्टले आफ्नो गाउँ-ठाउँमा विकास निर्माणका थुप्रै कार्य गर्ने बताएका छन्।

    जन्मगाउँ पञ्चेशर बिजुलबाट माटोको टिका लगाउँदै उनले गाउँमा जनताको समस्या समाधान गर्दै थुप्रै विकास निर्माणका काम गर्ने बताए।

    ‘गाउँमा थुप्रै विकास निर्माणका काम गर्नु पर्ने छ। बेरोजगारीको ठूलो समस्या छ। यातायातको समस्या छ। गुणस्तरिय शिक्षा र स्वास्थ्यको समस्या छ। यी सबै समसयालाई समाधान गर्नका लागि मसँग थुप्रै योजना छन्,’ उनले भने। नेता भट्टले आफ्नो जन्मभूमिले आफूलाई धेरै कुरा दिएको भए पनि अब आफूले जन्मभूमिका लागि केही गर्ने समय आएको बताए।

    यस्तै नेविसंघ नेता रामचन्द्र बोहराले नेता भट्टा विकासप्रेमी व्यक्ति भएको बताए। ‘उहाँले जनतालई झुटा आश्वासन दिनु हुँदैन। सधैँ जनता माझ नै रहेर जनताका समस्यासँग नजिक हुनुहुन्छ। बेला-बेला सकेको सहयोग पनि गर्दै आउनु भएको छ। त्यसैले उहाँले चुनाव जित्नेमा म विश्वस्त छु,’ बोहराले भने।