काठमाडौं- चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेट तर्फको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
मंगलबार बिहान सम्मपन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १ सय ७९ रनमा समेटिएपछि भारत सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपालका लागि दिपेनद्र सिंह ऐरीको सर्वाधिक ३२ रनको योगदान दिए। उनी बाहेक कुशल मल्ल र सन्दीप जोराले समान २९-२९ रन बनाए। पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले २९ रनको साझेदारी गरेका थिए।
नेपालक लागि ओपनर भुर्तेल २८ रनमा आउट हुँदा आसिफ शेख १० रनमा पेभिलियन फर्किए। करण केसी १८ रनमा अविजित फर्किएका थिए।
भारतका लागि रवि विश्वइ र आभेस खानले समान ३-३ विकेट लिंदा अर्सदीप सिंहले २ तथा साई किशोरले १ विकेट लिए।
भारतको जितका लागि ओपनर एश्श्वी जैसवालले शतकीय इनिङ खेले। उनले ४९ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०० रनको इनिङ खेलेका थिए।
त्यस्तै रिन्कु सिंह र शिवंम दुवेले पाँचौ विकेटका लागि २२ बलमा ५२ रनको सानदार साझेदारी गरेका थिए। अन्तिम ओभरमा २५ रन बनाउँदै उसले इनिङ समाप्ती गरेको थियो। सिंह १५ बलमा ३७ रनमा अविजित रहँदा दुवे १९ बलमा २५ रनमा अविजित फर्किए।
त्यसअघि कप्तान गायकवार्डले २५ रन बनाए। त्यस्तै तिलक बर्मा २ रनमा आउट हुँदा जितेन्द्र शर्मा ५ रनमा पेभिलियन फर्किए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिंदा सोमपाल कामी, सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए।
नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिंधै क्वाटरफाइनलमा स्थान बनाएको थियो।