चैतन्य राशिफलः आजको तपाईँको राशिफल कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 07:44:34
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः आजको तपाईँको राशिफल कस्तो ?

    चैतन्य राशिफलः आजको तपाईँको राशिफल कस्तो ?

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा प्रतिस्पर्धीहरूलाई पनि पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सुखद समाचारले उत्साह जगाउनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। दिगो काम थाल्ने समय छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विभिन्न भौतिक साधन पनि जुटाउन सकिनेछ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। उपभोग्य भौतिक वस्तु किनमेल गर्ने समय छ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइको सहयोग जुट्नेछ।