चैतन्य राशिफलः आज मेषको स्वास्थ्यमा समस्या - Chaitanya News
  • 2026-11-19
  • 07:44:29
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः आज मेषको स्वास्थ्यमा समस्या

    चैतन्य राशिफलः आज मेषको स्वास्थ्यमा समस्या

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आम्दानी बढ्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा विशेष लाभ हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सहयोगीहरू पनि जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। नयाँ कामतर्फ लगानी बढाउन सकिनेछ। लेनदेन तथा सेयर कारोबारमा फाइदन हुनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूको विश्वासमा नपर्नुहोला। आफ्ना काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। व्यावसायिक काममा केही बाधा पर्न सक्छ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।