नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 05:13:43
  • शनिबार,जेठ २३, २०८३
  • नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

    नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

    काठमाडौं- चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको हो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै ५२ रन बनाए। पहिलो खेलमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरेका छन्।

    यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५/३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए।