पर्यटन आर्थिक विकासको मेरुदण्ड हो : मन्त्री किराती - Chaitanya News
  • 2026-11-19
  • 08:32:07
  • बिहिबार,मंसिर ०४, २०८३
  • पर्यटन आर्थिक विकासको मेरुदण्ड हो : मन्त्री किराती

    पर्यटन आर्थिक विकासको मेरुदण्ड हो : मन्त्री किराती

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन्।

    चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत समृद्ध नेपालको आधार पर्यटन विषयमा धारणा राख्दै मन्त्री किरातीले नेपालको प्रत्येक क्षेत्र पर्यटकीय गन्तव्य भएको बताए। त्यसलाई प्रवर्द्धन गर्न सके नेपालले पर्यटनका माध्यमबाट ठूलो आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन्।

    पर्यटन क्षेत्रको विकासका लागि हवाइ उड्ड्यन ड्यन चाहिने बताउँदै सरकारले तीन वटा जहाज किन्ने बताएका छन्।

    संस्कृति पनि नेपालका लागि समृद्धिको आधार भएको उनको भनाइ छ। नेपालको संस्कृतिलाई प्रचारप्रसार गरेर त्यसको अवलोकनका लागि पनि पर्यटन भित्र्याउन सकिने किरातीले बताए।

    जीवनमा मृत्युको मूल्य बुझेकाले आफूले कहिले पनि गलत काम नगर्ने उनको भनाइ छ।

    राजनीतिक गतिरोधका कारण मुलुकमा अपेक्षित रूपमा काम हुन नसकिरहेको उनले बताए।

    नेपालमा पर्यटन भित्र्याउन उड्यन क्षेत्रलाई सुरक्षित बनाउनु पर्ने र त्यसका लागि आफू लागिरहेको उनले बताए।