समृद्धिले साथ नदिए स्वतन्त्रताको अर्थ रहँदैन : गोपीनाथ मैनाली - Chaitanya News
  • 2026-11-19
  • 07:34:16
  • बिहिबार,मंसिर ०४, २०८३
  • समृद्धिले साथ नदिए स्वतन्त्रताको अर्थ रहँदैन : गोपीनाथ मैनाली

    समृद्धिले साथ नदिए स्वतन्त्रताको अर्थ रहँदैन : गोपीनाथ मैनाली

    काठमाडौं- नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले समृद्धिले साथ नदिए स्वतन्त्रताको अर्थ नरहने बताएका छन्। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत दिगो विकास समृद्धिको आधार विषयमा धारणा राख्दै उक्त कुरा बताएका हुन्।

    ‘समृद्धि र विकासबीच भेद छुट्याउनु आवश्यक छैन। समृद्धिले उच्च आर्थिक, सामाजिक, सांस्कृतिक र शासकीय अवस्थालाई जनाउँछ, विकास राष्ट्रिय लक्ष्य प्राप्तिको प्रक्रिया हो,’ उनले भने।

    यस्तै उनले नेपालमा दिगो विकासका चार आयाम रहेको बताए। वन, भूमि, जलस्रोत र खानी गरी दिगो विकासका चार आयाम रहेको बताएका हुन्।