हामी संयन्त्र बनाउँदै छौं, पुराना राजनीतिक दलले सडेन्त्र : मनिष झा - Chaitanya News
  • 2026-11-19
  • 07:34:14
  • बिहिबार,मंसिर ०४, २०८३
  • हामी संयन्त्र बनाउँदै छौं, पुराना राजनीतिक दलले सडेन्त्र : मनिष झा

    हामी संयन्त्र बनाउँदै छौं, पुराना राजनीतिक दलले सडेन्त्र : मनिष झा

    काठमाडौं- प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले आफ्नो पार्टीले संयन्त्र निर्माण गरिरहेको र पुराना राजनीतिक दलले सडेन्त्र गरिरहेको बताएका छन्। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत सुसंस्कृत राजनीति र समृद्ध नेपाल विषयमा धारणा राख्दै आफ्नो पार्टीले राजनीतिक गतिशिलताका लागि संयन्त्र बनाइरहेको बताएका हुन्।

    उनले तुलनात्मक रूपमा पछिल्ला ३४ वर्षमा केही काम भए पनि अपेक्षित रूपमा काम हुन नसकेको र थुप्रै कमजोरी रहेको टिप्पणी गरे। राजनीतिक निराशाका कारण युवाहरू देशबाट पलाएन हुने क्रम बढ्दो रहेको उनको भनाइ छ।

    ‘परिवर्तनका दुई रूप हुन्छन्। इच्छाएको परिवर्तन र स्वइस्फूर्त रूपमा हुने परिवर्तन। नेपालमा स्वस्फुर्त रूपमा हुने परिवर्तन भइरहेको छ। तर, जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन सकेको छैन। यसमा हामी सजग छौं,’ उनले भने।

    नेपालमा संस्था भए पनि संस्थागत अभ्यास हुन सकेकाले विकास हुन नसकिरहेको उनको धारणा छ। अब नेपालमा प्रधानमन्त्रीको कार्यसमय बढ्नु पर्ने र मन्त्रीहरूको क्षमता पनि बढ्नु पर्ने धारणा राखेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी पुराना पार्टीलाई पछारेर नभइ लडेर अगाडि बढ्ने झाले बताए।