काठमाडौं- चैतन्य एकेडेमीले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत नेपालको भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धि विषयमा धारणा राख्दै नेपाल सरकारका सहसचिव कृष्ण ढकालले मित्र राष्ट्रहरूसँग नेपालको आर्थिक सहकार्यको सम्बन्ध हुनुपर्ने बताएका छन्।
आर्थिक र राजनीतिक रुचीका विषय फरक हुन्छन् भनेर छुट्याउन गाह्रो हुने बताउँदै उनले यो कुरामा गम्भीर हुनुपर्ने बताए। यसका साथै विगतका अन्तर्राष्ट्रिय मामिलाका विषयलाई पनि गम्भीर रुपमा हेर्नुपर्ने उनले धारणा राखे।
‘परराष्ट्र सम्बन्धलाई आर्थिक हितमा कसरी प्रयोग गर्ने भन्ने विषयमा सरकार गम्भीर हुनुपर्छ र यसमा सरकारको जोड पनि रहँदै आएको छ,’ उनले भने।
मुलुकको आर्थिक हितका लागि परराष्ट्र नीति कस्तो बनाउने, कार्यक्रमहरू कस्तो बनाउने भन्ने विषयमा सरकार सचेत रहेको बताउँदै उनले यसबाट केही लाभ पनि नेपालले लिइरहेको उनको भनाइ छ।