सर्वसाधारण लक्षित आन्दोलन नगर्न चिकित्सकलाई गृह सचिव भट्टराईको अनुरोध - Chaitanya News
  • 2026-07-17
  • 01:53:15
  • बिहिबार,आषाढ ३२, २०८३
  • सर्वसाधारण लक्षित आन्दोलन नगर्न चिकित्सकलाई गृह सचिव भट्टराईको अनुरोध

    सर्वसाधारण लक्षित आन्दोलन नगर्न चिकित्सकलाई गृह सचिव भट्टराईको अनुरोध

    काठमाडौँ– गृह सचिव दिनेश भट्टराईले आन्दोलनलाई सर्वसाधारण लक्षित नबनाउन चिकित्सकहरूलाई अनुरोध गरेका छन्।

    मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरूमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरू आन्दोलनरत छन्। आजव (शुक्रबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपस्थित गृह चिकित्सकहरू सडकमा आएको ६र८ घण्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको भन्दै उनले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने प्रतिबद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिइदिन अनुरोध गर्छु।’

    गृह मन्त्रालय सुरक्षाको बन्दोबस्त गर्न तयार रहेको भन्दै उनले अघि भने, ‘स्वास्थ्यकर्मीहरूलाई विशेष अनुरोध छ, वार्ताद्वारा सम्बोधन हुनसक्ने, दीर्घकालीन नीतिगत प्रबन्धद्वारा हुनसक्ने विषयलाई सडकमा आएर सेवा नै अवरुद्ध गरेर गर्न जरुरी छैन ।’

    सचिव भट्टराईले चिकित्सकहरूको मागमा सरकार गम्भीर रहेको बताए।