नीम र त्यसबाट हुने ४० फाइदा के–के हुन? - Chaitanya News
  • 2026-07-17
  • 01:53:27
  • बिहिबार,आषाढ ३२, २०८३
  • नीम र त्यसबाट हुने ४० फाइदा के–के हुन?

    नीम र त्यसबाट हुने ४० फाइदा के–के हुन?

    निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ। निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ।

    निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ। आज हामी तपाईलाई निमको पातको ४० वटा फाइदाबारे जानकारी दिँदै छौं।

    १. ज्वरो आएमा:

    यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस्, आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ।

    २. औलोको ज्वरोमा:

    नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने। चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान्बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।

    ३. कपाल दुखेकोमा:

    नीमको ताजा पातको रस निकालेर २्२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ।

    ४. कान दुखेमा:

    नीमको पातको रस मनतातो पारेर कानमा ३्४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ।

    ५. आँखा दुखेमा:

    नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३्४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ। दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने।

    ६. आँखा धमिलो र फूलोमा:

    नीमको फूलको गाजल गाइको घ्यूमा बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ।

    ७. रतन्धो भएमा:

    नीमको तेल आँखामा लगाउने र हरियो ८्१० पात खाली पेटमा ३ दिनसम्म खानाले ठीक हुँदै जान्छ।

    ८. दाँतको रोगमा:

    नीमको फूलको काँढा पकाएर बिहान्बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन।

    ९ नाथ्री फुटेमा:

    नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ।

    १० दमको रोगमा:

    नीमको तेल १० थोपा सादापानमा हालेर बिहान्बेलुका खाने गरेमा दम ठीक हुन्छ।

    ११. झाडा लागेमा:

    नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ।

    १२. हैजाले गोडा बाउँडिएमा:

    हात गोडामा राम्ररी २्३ पटक नीमको तेल लगाएमा हैजाले गोडा बाउँडिएको ठीक हुन्छ।

    १३. अपच, अरुची भएमा:

    नीमको पाकेको गेडा ४्५ वटा नियमित खाने गरेमा अपच, अरुची भएको कम हुदैं जान्छ।

    १४.खानामा अरुची भएमा:

    नीमको कमलो ८्१० वटा पात घ्यूमा तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ।

    १५. शीत पित्तमा:

    नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ।

    १६. वात रक्तमा:

    नीमको गेडाको लेदो एक चम्चा वा पातको लेदो एक चम्चा ३्४ महिना नियमित खाने गरेमा वातरक्त निको हुन्छ। यसै प्रक्रिया द्धारा कुष्ठरोग, क्षयरोगको ज्वरो, अजीर्ण, चर्मरोग सम्पूर्ण निको भएर आउँछ।

    १७. जुको परेमा:

    दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २्४ दिनमा नै पेटको जुका मर्नेछन्।

    १८. रक्त पित्तमा:

    ८्१० वटा नीमको पात चपाएर खानाले र कुटेर शरीरमा मालिस गर्नाले रक्तपित्त नास हुन्छ।

    १९. डण्डीफोर:

    नीममा एन्टी इंफ्लेमेट्री तत्‍व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ। नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ।

    २०. हृदयघात:

    यो नीमको जूस महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ।

    २१. पिलिया:

    नीमको पातहरुको रस र सुद्ध महलाई २स्१ृदुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ।

    २२. बिकार:

    नीमको रस कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ। नीमको जूस पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ।

    २३. कपाल मुलायम:

    नीमको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाउँछ।

    २४. छालालाई आकर्षक:

    शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ।

    २५. पाचन तथा मधुमेह:

    पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ । नीमको जूसले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ। दैनिक नीमको जूस पिउनाले ब्‍लड़ सुगरको ९लेवल० एकदम नियन्त्रण हुन्छ।

    २६. आँखा तेजिलो:

    नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ।

    २७. छाला सम्बन्धि रोग:

    यसको साथै छाला सम्बन्धि रोगहरु जस्तैस् एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ। नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ।

    २८. गिजाबाट रगत आउने रोग:

    पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ। यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ। नीमको फूलले पने निकै फाइदा गर्दछ।

    नीमको फुललाई मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ। नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ।

    २९. कलेजो:

    यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ।

    ३०. मलेरिया:

    निमको रसले मलेरिया रोगको उपचारमा समेत प्रयोग गरिन्छ र यसले निकै फायदा गर्दछ।

    ३१. योनीको पीडा:

    नीमको रसले प्रिग्नेन्सिको समयमा हुने योनीको पीडालाई समेत काम गर्दछ। नीमको फाइदा देखि बिज्ञ महिलाहरु प्रिग्नेन्सीको समयमा हुने लेवरपेनबाट छुटकारा पाउनकालागि नीमको रसले मसाज गर्छन।

    प्रिग्नेन्सिको समय भन्दा केहि अगाडी देखिनै नियमित नीमको रस सेवन गर्नाले रगतलाई सुद्ध बनाउनुका साथै यसले गर्भासयको संकुचनमा फाइदा पुरयाउनुको साथै त्यसको वरिपरि सुन्निएको समेत निर्मुल पार्दछ।

    ३२. निमले भोक जगाउछ, दिशा सफा हुन्छ, जरो आउन दिदैं, यदी आइ हालेमा तापक्रम त्यति धेरै हुन् पाउदैन । यस्तै भाइरसको बृद्दीलाई रोक्छ।

    ३३. आमवात, सन्धीवातमा:

    नीमको तेलको मालिस गर्नाले वातरोगहरु निकोे भएर आउनेछन् भने ५्१० दिन नियमित खाएमा ठीक हुन्छ।

    ३४.पक्षघातमा:

    पक्षघात भएको ठाउँमा नियमित नीमको तेलको मालिस गर्नाले विस्तारै ठीक हुँदै जान्छ। नीमको थोपा ५्१० थोपा खानाले पनि पक्षघात निको हुन मद्दत गर्दछ।

    ३५. पत्थरीमा:

    नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहानरबेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ। कलेजोको रोगमा १५्२० वटा नीमको पात १ गिलास पानीमा उमाल्ने र खाने गरेमा कलेजोको रोगहरुमा आराम हुँदै जान्छ।

    ३६. कफ पित्तमा:

    आधा चम्चा नीमको फूल आधा चम्चा मिश्री मिसाएर खानाले कफ पित्त सबै नाश भएर जान्छ।

    ३७. कामशक्ति घटाउन:

    केही दिनसम्म लगातार नीमको पातको सेवन गर्नाले काम शक्ति घटेर जान्छ। धेरै दिनसम्म सेवन गरे नपुंशक समेत बनाई दिन्छ।

    ३८. खटिरा भएमा:

    नीमको एक मुठी पात कुटेर मनतातो पानी घाउ र खटिरामा बाँधी दिने हो भने छिट्टै घाउ खटिरा निको हुनेछ। घाउ खटिरा, बालतोड, पाकेको घाउ आदिमा पनि आराम गर्दछ। अथवा नीमको तेल लगाउनाले पनि घाउ खटिरा, बालतोड, पाकेको घाउ आदिमा आराम गर्दछ।

    ३९. नीमको बोक्राको काँढा नियमित सेवन गर्नाले र २ घण्टा पछि ताजा रोटी घिउसँग खानाले अर्धांगवात, पक्षघात, गठियो, जलोदार, पाकेलुतो र दादहरु पनि नष्ट हुनेछन्।

    ४०. दादमा: