बसन्तपुरमा इन्द्रजात्रा उत्सव (हर्नुहोस् तस्वीरहरू) - Chaitanya News
  • 2026-05-25
  • 01:57:51
  • आइतबार,जेठ १०, २०८३
  • बसन्तपुरमा इन्द्रजात्रा उत्सव (हर्नुहोस् तस्वीरहरू)

    बसन्तपुरमा इन्द्रजात्रा उत्सव (हर्नुहोस् तस्वीरहरू)

    काठमाडौं– काठमाडौं उपत्यकाको सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको दिन बिहीबार बसन्तपुरमा भव्य मेला लागेको छ।

    इन्द्रजात्राको मुख्य दिन बिहीबार हनुमानढोका दरबार क्षेत्रस्थित बसन्तपुरबाट तल्लो टोलमा रथयात्रा चलाइँदैछ। रथयात्राअघि विशिष्ट व्यक्ति र हजारौं सर्वसाधारणले जात्राको अवलोकन गरेका छन्।

    हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिले इन्द्रजात्रा अवलोकन गरेका थिए।

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।