काठमाडौँ– सचिव रवीन्द्रनाथ श्रेष्ठले अवकाश पाएका छन्। उनले आज (बिहिबार) देखि अबकाश पाएका हुन्। उनले उमेर हदका कारण अवकाश पाएका हुन्।
खानेपानी इन्जिनियरका रूपमा २०६२ सालमा उपसचिवमा बढुवा भएका श्रेष्ठ ०६६ सालमा सहसचिव बनेका थिए।
सडक विभागको महानिर्देशक समेत भएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्राविधिक सहसचिवका रूपमा काम गरेका थिए।
उनले सहरी विकास सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिँचाइ मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिवका रूपमा काम गरेका थिए।०४७ सालमा निजामती सेवा प्रवेश गरेका श्रेष्ठले खानेपानी, शहरी विकास, सिँचाइ र सडकसम्बद्ध निकायमा काम गरेका थिए।