बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन - Chaitanya News
  • 2026-11-19
  • 07:26:04
  • बिहिबार,मंसिर ०४, २०८३
  • बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

    बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

    काठमाडौं- गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ।

    मन्त्रालयले महाशाखाहरू अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०:१५ भित्र अनिवार्य १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ।

    यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो। कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ।

    मन्त्रालयले मन्त्रायल, विभाग र उपत्यकाभिका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको जनाएको छ।