काठमाडौँ– वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको सरुवा गरिएको छ। गृह मन्त्रालयले जोशीको सरुवा गरेको हो भने प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको हो।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि आफन्तले डाक्टरको हेलचेक्र्याइँका कारण मृत्यु भएको भन्दै झडपको अवस्था सिर्जना भएको थियो। उक्त विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिँदै डाक्टर कुटेर आएको बताएका थिए।
उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको जनाइएको छ।
यस प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ।