स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गर्न वीर अस्पतालको माग - Chaitanya News
  • 2026-05-03
  • 20:41:19
  • आइतबार,बैशाख २०, २०८३
  • स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गर्न वीर अस्पतालको माग

    स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गर्न वीर अस्पतालको माग

    काठमाडौँ– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मी आक्रमण गर्ने र अस्पताल तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

    बुधवार युनियनले प्रेस विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमणमा संलग्न र अस्पताल तोडफोड गर्नेलाई स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (पहिलो संशोधन २०७९) अनुसार कानुनी कारबाही गर्न माग गरेको हो।

    विगत केही समयदेखि देशभरका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाइ स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याएको युनियनका सचिव दीपक मुडभरीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    ‘गुणस्तरीय, भरपर्दो र सहज सेवा प्रवाहको लागि सुरक्षित कार्यस्थलको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।