कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक - Chaitanya News
  • 2026-10-04
  • 21:43:55
  • आइतबार,आश्विन १८, २०८३
  • कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

    कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

    काठमाडौं- चीनमा जारी १९औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालको मंगोलियाविरुद्धको खेलमा नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन्। टी-२० क्रिकेटमा उनको यो विश्व कीर्तिमान हो।

    यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए।

    मिलरले बनाएको कीर्तिमानपछि रोहित र सुदेशले बराबरी गरेका थिए।

    मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध, रोहितले सोही वर्ष श्रीलंकाविरुद्ध र सुदेशले सन् २०१९ मा टर्कीविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए।

    एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३१ बलमै शतक पुरा गरेको इतिहास छ।

    दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक पुरा गरेका थिए।