७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न निजामती कर्मचारीको माग - Chaitanya News
  • 2026-11-19
  • 07:44:27
  • बिहिबार,मंसिर ०४, २०८३
  • ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न निजामती कर्मचारीको माग

    ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न निजामती कर्मचारीको माग

    काठमाडौँ– नेपाल निजामती कर्मचारी सङ्गठनले तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेको छ।

    ट्रेड युनियनले दिएका सुझावहरूलाई समावेश गरी ऐन जारी गर्न माग गरेको हो।

    सङ्गठनको चौथौँ बैठक तथा सहकारीसम्बन्धी कार्यशाला गोष्ठीको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरिएको थियो।

    निजामती कर्मचारी सङ्गठनले ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझाव समावेश गरी सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको हो। सङ्गठनले उक्त विधेयकमा कर्मचारीहरू सरकारले आवश्यक छलफल र परामर्श नगरेको आरोप लगाएको छ।

    त्यस्तै, सङ्गठनले स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गर्न, ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’को अवधारणा कार्यान्वयन गर्न, अन्तर तह र अन्तर प्रदेशसहित वैज्ञानिक सरुवाको व्यवस्था गर्न, उमेर हद ६० वर्ष कायम गर्न माग गरेको छ।