काठमाडौँ– काठमाडौँको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन्।
फुटपाथ व्यवसायी माथि महानगरपालिको क्रूरतापूर्ण व्यवहार गरेको भन्दै अभियन्ता ईःले उभिएर महानगरको विरोध गरिरहेका छन्। सोही क्रममा पूर्वउपप्रधानमन्त्री थापा र पूर्वमन्त्री पाण्डे ईःसँगै केहीबेर उभिएका हुन्।
थापाले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ। ईः ले उठाएका मुद्दा जायज छन्। सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ। यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ।
यस्तै पूर्वअर्थमन्त्री पाण्डेले बोकेको प्लेकार्डमा लेखिएको ‘सडक(साइकल(गाडा(परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ।