ईःलाई भेट्न राष्ट्रिय सभागृहको गेटमा पुगिन् उपमेयर डंगोल - Chaitanya News
  • 2026-11-19
  • 07:44:32
  • बिहिबार,मंसिर ०४, २०८३
  • ईःलाई भेट्न राष्ट्रिय सभागृहको गेटमा पुगिन् उपमेयर डंगोल

    ईःलाई भेट्न राष्ट्रिय सभागृहको गेटमा पुगिन् उपमेयर डंगोल

    काठमाडौँ– काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलले ८ दिनदेखि उभिएर विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःलाई भेटेकी छन्।

    फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको भन्दै उनी असोज १ गतेदेखि राष्ट्रिय सभागृहको गेटमा उभिएर विरोध जनाइरहेएका छन्। तीनै ईःलाई भेट्न उपमेयर डंगोल केहिबेरअघि राष्ट्रिय सभागृहको गेटमा पुगेको ईःले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

    उनले भनेका छन्, ‘८ दिन अर्थात् १६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो। फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो।’